• TOKHA LIVE

    • १० आश्विन २०८२, शुक्रबार २१:०७

    बुढानीलकण्ठ नगरपालिकाले निःशुल्क हिउँदे जै घाँसको बिउ वितरण गर्ने

    काठमाडौं, असोज ९ /
    बुढानीलकण्ठ नगरपालिकाले कृषकहरूको आयआर्जनमा टेवा पुगोस् र पशुपालन व्यवसाय अझ सुदृढ होस् भन्ने उद्देश्यले यस वर्ष पनि निःशुल्क हिउँदे जै घाँसको बिउ वितरण गर्ने भएको छ।

    नगरपालिकाको पशु सेवा शाखाले आगामी दिनमा बिउ वितरण गरिने जानकारी गराउँदै किसानहरूले आवश्यक कागजातसहित १५ दिनभित्र शाखामा सम्पर्क गर्न आग्रह गरेको छ। यस कार्यक्रममार्फत पशुपालक कृषकलाई दाना उत्पादनमा स्वावलम्बी बनाउन, उत्पादन वृद्धि गर्न र दिगो पशुपालनलाई प्रोत्साहन दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    पशु सेवा शाखाका अनुसार बिउ लिन चाहने किसानहरूले निम्न कागजात अनिवार्य साथमा ल्याउनुपर्नेछः

    • स्थानीय तहमा दर्ता प्रमाणपत्र तथा नवीकरणको प्रतिलिपि
    • स्थानीय लेखा नं. दर्ता प्रमाणपत्र र गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र
    • घाँस लगाइने जमिनको क्षेत्रफल विवरण
    • विषयगत पशु संख्या
    • नागरिकताको प्रतिलिपि र किसान कार्ड (निर्माणाधीन अवस्थामा भएका किसानलाई पनि)

    यस कार्यक्रमले नगरभित्रका किसानहरूलाई आत्मनिर्भर बनाउन र उत्पादनशील पशुपालनलाई अझ मजबुत बनाउन ठूलो सहयोग पुग्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै