• TOKHA LIVE

    • १० आश्विन २०८२, शुक्रबार ०६:२४

    बुढानिलकण्ठ नारायणस्थान मन्दिर गुठी समितिको नेतृत्वमा इन्द्र बहादुर थापा

    काठमाडौँ, असोज १०
    बुढानिलकण्ठ नगरपालिका २ निवासी इन्द्र बहादुर थापा श्री बुढानिलकण्ठ नारायणस्थान मन्दिर गुठी व्यवस्थापन समितिको नयाँ अध्यक्ष बनेका छन्। गुठी संस्थानले उनलाई औपचारिक रूपमा अध्यक्ष पदमा नियुक्त गरेको हो।

    धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्त्व बोकेको बुढानिलकण्ठ मन्दिरको संरक्षण र व्यवस्थापनलाई अझ सुदृढ बनाउन थापाको नेतृत्वमा समितिको नयाँ कार्यसमिति गठन गरिएको छ। समितिको सदस्यमा कृष्ण बहादुर तामाङ, केशर ठकुरी, नवराज भण्डारी र तारा कुमारी देउवा नियुक्त भएका छन्।

    नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिका सचिवसमेत रहेका थापा लामो समयदेखि बुढानिलकण्ठ क्षेत्रमा सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

    Facebook Comments

    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै