• TOKHA LIVE

    • ९ आश्विन २०८२, बिहीबार १५:०६

    बुढानीलकण्ठ नगरवासीलाई सूचना : दैनिक उपभोग्य वस्तु सर्वसुलभ बनाउन आग्रह

    काठमाडौँ, असोज ९ – बुढानीलकण्ठ नगरपालिकाले हालको असामान्य परिस्थितिमा दैनिक उपभोग्य वस्तु सहज मूल्यमा उपलब्ध गराउन व्यापारीहरूलाई आग्रह गरेको छ।

    Gen-Z आन्दोलनपछि सिर्जित अवस्थाको फाइदा उठाउँदै कतिपय स्थानमा दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्यवृद्धि भएको भन्दै नगरपालिकाले त्यस्तो कार्य नगर्न व्यवसायीहरूलाई सचेत गराएको हो। साथै, आगलागीका घटनामा जलेका नोटहरू चलनचल्तीमा आएको पाइएकोले त्यसलाई कारोबारमा नचलाउन समेत नगरपालिकाले ध्यानाकर्षण गराएको छ।

    नगर प्रमुख अजय बर्तोलाको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले भदौ ३१ गते यस्तो निर्णय गरेको हो। नगरपालिकाले जनतालाई सहज ढङ्गले आवश्यक सामग्री उपलब्ध गराइदिन व्यवसायीलाई अनुरोध गर्दै, यदि मूल्यवृद्धि, कालोबजारी वा जलेका नोटको कारोबार भएको पाइएमा तत्काल नजिकैको प्रहरी वा नगरपालिकामा खबर गर्न पनि आग्रह गरेको छ।

    नगरप्रमुख प्रशासकीय अधिकृत अजय बर्तोलाले नगरवासी सबैलाई यस कठिन घडीमा सहकार्य गर्न आह्वान गरेका छन्।

     

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै