काठमाडौँ, ३० भदौ ।
बुढानीलकण्ठ नगरपालिका–१२, कपन खरिवोटमा तीन जना चोर पक्राउ परेका छन् ।
स्थानीय बासिन्दाले सतर्कता अपनाउँदै गस्तीमा रहेका बेला चोरहरुलाई नियन्त्रणमा लिएर नगर प्रहरीलाई बुझाएका हुन् । घटना भदौ २९ गते राति करिब ९ः४० बजे भएको हो ।
नगर प्रहरी प्रमुख दिनेश देउजाका अनुसार स्थानीयले नियन्त्रणमा दिएका ती तीन जना चोरलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि बुढानीलकण्ठ प्रहरी प्रभागमा बुझाइएको छ ।
हालैको दिनमा लुटेरा समूह र चोरहरूको गतिविधि बढेपछि स्थानीयले सुरक्षा सचेतना र आपसी सहयोग बढाएको र यसैको परिणामस्वरूप यस्तो सफलता हात लागेको बताइएको छ ।