• TOKHA LIVE

    • ११ श्रावण २०७७, आईतवार २०:१३

    यो वर्ष नहुने भयो गोसाइकुण्ड मेला

    टोखा लाइभ । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण यस वर्ष चर्चित गोसाइकुण्ड मेला संचालन नहुने भएको छ । नेपालको चर्चित धाममध्ये एक रसुवाको गोसाइकुण्ड मेला संचालन नगर्ने निर्णय भएको हो ।

    हरेक वर्ष जनैपूर्णिमाको अवसरमा यहाँ ठूलो मेला यो वर्ष नहुने भएको हो । मेला व्यवस्थापनको जिम्मा पाएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले कोरोना भाइरसको जोखिम रहेको, सरकारले मेला नगर्न आग्रह गरेको, सार्वजनिक यातायात सञ्चालन नभएको, पदमार्गमा रहेका होटल पूर्णरूपमा सञ्चालनमा नआएको लगायत कारणले यो वर्ष मेला संचालन गर्न नसकिएको बताएको छ ।

    गोसाइँकुण्डमा वर्षको दुई पटक मेला लाग्छ । तर, यो वर्ष गङ्गादशहरामा मेला समेत लाग्ने छैन । कोरोनाको जोखिमको कारण जनैपूर्णिमामा लाग्ने मेला समेत स्थगित भएका कारण गोसाइकुण्ड दर्शन यो वर्ष अधुरै रहने भएको हो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै