• TOKHA LIVE

    • १० बैशाख २०८०, आईतवार २०:४९

    कीर्तिपुर वडा नं ४ का वडाध्यक्ष अधिकारीको मोटरसाइकल दुर्घटनामा मृत्यु

    टाेखालाइभ डट कम/बैशाख १० , २०८०

    काठमाडौं । मोटरसाइकल दुर्घटनामा घाइते भएका कीर्तिपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ। वैशाख १ गते चम्पादेवी मन्दिर सरसफाइमा गएका वडाध्यक्ष फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेका थिए। वैशाख १ गते मन्दिरमा मेला लाग्छ। कीर्तिपुर वृत्तका डीएसपी राजु लामाका अनुसार वडाध्यक्ष अधिकारी स्थानीयलाई लिएर वैशाख १ गते चम्पादेवी मन्दिर सरसफाइ गर्न जाँदै थिए। मन्दिर पुग्न लाग्दा खुट्टा बाउँडिएपछि आफ्नो मोटरसाइकल छाडेर उनी छिमेकीको मोटरसाइकलमा लिफ्ट मागेर फर्किँदै थिए। फर्किँदा ओरालोमा ब्रेक फेल भएर मोटरसाइकल दुर्घटनामा परेको चालकले प्रहरीलाई बताएका छन्। उनीहरु दुर्घटनामा परेको स्थानीयले देखेपछि प्रहरीले १० बजेतिर जानकारी गराएका थिए। प्रहरीले घटनास्थलबाट चालक र वडाध्यक्ष अधिकारीलाई उद्धार गरेको थियो। वडाध्यक्षको कानबाट रगत बगिरहेको थियो। उनलाई उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल माइतीघर लगिएको थियो। १०दिनदेखि अचेत रहेका वडाध्यक्ष अधिकारीको आइतबार दिउँसो मृत्यु भएको डीएसपी लामाले बताए। अधिकारी अघिल्लो वर्ष भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएर वडाअध्यक्षमा विजयी भएका थिए।

    Enter
    Write to Tokha Live
    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै