• TOKHA LIVE

    • ९ बैशाख २०८०, शनिबार ०६:३८

    काठमाडौंमा पत्रकार आशिष गुरागाईमाथि कुटपिट, प्रेस स्वतन्त्रतामाथि चिन्ता

    टाेखालाइभ डट कम/बैशाख ९, २०८०

    काठमाडौं/बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा पत्रकार आशिष गुरागाई माथि कुटपिट भएको छ। वैशाख ७ गते साँझ रातोसूर्य डटकम अनलाइन पत्रिकाको अध्यक्ष तथा प्रबन्ध निर्देशक आशिष गुरागाईमाथि राम कुमार पोखरेल सहित अन्य दुईजनाले काठमाडौंको सार्वजनिक स्थलमा आक्रमण गरेको पत्रकार गुरागाईले बताएका छन। गुरागाई नेपालकै पहिलो स्थानीय समाचार सम्प्रेषण गर्ने अनलाइ कपन अनलाइन, काठमाडौँखबर डटकम र हाल रातोसूर्य डटकमका सस्थापक अध्यक्ष हुन्। गुरागाँईका अनुसार आक्रमणकारीले अचानक लात, मुक्का र लाठी प्रहारगरेका थिए।समाचार सम्प्रेषण गर्ने पत्रकारमाथि हुने यस किसिमको हिंसा निन्दनीय छ र यसको गहिरो छानबिन हुनुपर्छ । आक्रमणमा परेर गुरागाईको हात र अन्य स्थानमा चोट लागेको छ भने उनको स्वास्थ्य स्थिति सामान्य रहेको छ।घटनाबारे महानगरीय प्रहरी प्रभाग कपन, नेपाल पत्रकार महासंघ काठमाडौं र प्रेस काउन्सिल नेपाल तथा संचार रजिस्टारको कार्यालय हेटौँडा समेत जानकारी गराइएको छ ।नेपालका पत्रकारहरूले राज्य, राजनीतिक दल र आपराधिक समूहलगायत विभिन्न पक्षबाट धम्की, धम्की र हिंसालगायत थुप्रै चुनौतीहरूको सामना गरिरहेका छन्। यसले देशमा पत्रकार ,प्रेस स्वतन्त्रता र  सुरक्षामाथि  चिन्ता बढाएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै