कवि प्रशान्त डंगोलको हाइकु संग्रहबाट

प्रशान्त डंगोल
टाेखा लाइभ,श्रावण ५ काठमाडौं
१ उच्च आकांक्षा
शिर फेद जुटाइ
मनोकामना!
२ लौ पारिजात
मंत्रमुग्ध सुवास!
दाेधारे कामी!
३ सार छैन रे
संविधानसभाको
तराई आगो
४ बिदेशी दाता
चामल पिठो
साेझा नेपाली !
५ झरना छलें
खोला तर्न बाँकी भो
बिना उद्देश्य!
६ नेपाली मन
विदेशिएको धन
हुन्न स्थिरता!
७ शिव मन्दिर
सुकिलो फुस्रो बाबा
आस्था अडिग!
८ ऊर्जासङ्कट
नाकाबन्दी तराई
आलिसान म !
९ सार्वजनिक
नाममात्रको बस
दाेब्बर भाडा!
१० कलाकौशल
नेपाली स्टारदम
फर्केला मन!
११ सस्तो भाषण
आधारहिन आशा
प्रचार बाजी !
१२ यो सहकारी
तले पिच्छे भकारी
साँझ र बिहान!
१३ ताकेर यात्रा
पार्टी फुटाउँदै छ
विदेशी राज !
१४ सपना ठुलो
लम्किरहने इच्छा
साहित्य भए!
१५ मुठ्ठी रोपेर
तल्सिङ पोशाएको
सुकेको ज्यान !
१६ म मुद्रास्फीति छ
ग्राहस्थ उत्पादन
श्रम जीविका!
१७ मंसिरे रात
बास पाइने आस
नविन गाउँ!
१८ राम्रा व्यापारी
खै साहुजी उत्पादन
बजार ल्याउँ!
१९ ती सेवाग्राही
निराश र अभिव्यक्ति
पेन्सिने काम!
२० पुर्णिामा ढल्के
चन्द्रमा सूर्य पल्के
रात र दिन !
२१ मानव हामी
अभद्र व्यवहार
अलप जीव !
२२ प्रचारमुखी
बजार प्रवर्द्धन
खै गुणस्तर!
२३ कला कौशल
भुगोल पिच्छे सल्ला
शिर उचाल्ने!
२४ आहा गजल
दुईमा तिन फ्रीरी
खोक्रो र फोस्रो!
२५ नेपाली न्युज
वक्तापिछे प्यानल
स्रोता फुरुङ्ग !
२६ अति भो लात
हल्ली खल्ली मानव
बेरोजगारी !
२७ आऔ मनाऔं
दसैं अनि तिहार
दिलै खोलेर!
२८ मत अटाउ
लौ मतभेद हटाउ
साझा सवाल!
२९ मठ मन्दिर
कङ्गक्रीट जङ्गल रे
हार्यो संस्कृति !
३० झरना खोला
अनगिन्ती हन्डर
हाम्रो जिवन!
३१ मान र मर्यादा
भुल्नु हुन्न कहिल्यै
गुरुपूर्णिमा !
३२ रम्ने र खेल्ने
बालापन रहेछ
जीव र जन्तु!
३३ किसान कर्म
भोक भोजन साट्ने
ऊ रमाउने!
३४ नेपाली कथा
बडपनको प्रथा
अनेक ज्ञान!
३५ कमेरो पाेति
बहुरंगी भाषण
दशै तिहार!
३६ अात्था र ओहो
जाडो र गर्मी याम
मानव स्पर्श!
३७ नेपाली बाटो
एकछिनको पिच
जनता सास्ती!
३८ खाद्य र अभाव
नाकाबन्दी बाहना
चुलेको मूल्य!
३९ ज्यान खानेले
मान पाउँदो रछ
बल रहेसी!
४० बहाना जान्ने
कर्मकाण्ड ठगेको
आफ्नै कुकर्म!

