TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान November 14, 2026
  • एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए November 13, 2026
  • लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा  November 13, 2026
  • सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो November 13, 2026
  • ‘रामायण’ ले नेपालमा कति कमायो ? November 13, 2026

हिमपहिरोमा बेपत्ताको खोजीकार्य जारी

  • Avatar photo

    TOKHA LIVE

  • April 13, 2023
हिमपहिरोमा बेपत्ताको खोजीकार्य जारी
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

टाेखालाइभ डट कम/ चैत ३०,२०७९

सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्‍याउने क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक होमप्रसाद लुइटेलका अनुसार हेलिकप्टर र स्थलगत मार्गबाट बेपत्ताको तीव्ररूपमा खोजतलास तथा उद्धार कार्य भइरहेको छ । “हिम पहिरोमा पुरिएकाको खोज तथा उद्धार कार्य निकै कठिन हुन्छ, अहिलेसम्म थप विवरण आएको छैन, विभागले सरोकारवाला निकायसँग समन्वय गरी खोजी गरिरहेको छ”, उहाँले भन्नुभयो । चालु वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्‍याउने क्रममा शनिबार सगरमाथाको आधार शिविरदेखि माथि क्याम्प–१ को बीचमा आइसफल क्षेत्रको दाम भन्ने स्थानमा हिउँको ढिस्कोले पुरिएर दाछिरी शेर्पा, पेम्वा तेन्जिङ शेर्पा र लाक्पा रीता शेर्पा बेपत्ता भएका छन् । खुम्बु पासाल्हामु गाउँपालिका–५ निवासी तीनैजना इमाजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिका तर्फबाट खटिएका थिए । स्थानीय प्रशासन, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार सङ्घ, इमाजिन एक्सिपिडिसन कम्पनी र पर्वतारोहण सञ्चालक सङ्घ नेपालसँगको सहकार्यमा खोजी तथा उद्धार भइरहेको विभागले ज्ञिप्तिमार्फत जनाएको छ । पर्यटन विभागका अनुसार अहिले वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो बनाउने काम भइरहेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अनुसार अनुभवी आइसफल डाक्टर (हिमालमा बाटो बनाउने मानिस)ले सगरमाथाको दोस्रो शिविर (क्याम्प–टु) सम्मको बाटो बनाइसकेका छन् । सगरमाथाको दोस्रो शिविरभन्दा माथिल्लो भागमा रोप फिक्सिङको जिम्मा इमाजिन ट्रेक नेपालले पाएको छ । विभागका अनुसार हालसम्म सगरमाथा आरोहणका लागि २० आरोही समूहका ३१ महिला र एक सय ६६ पुरुष गरी कूल एक सय ९७ आरोहीले आरोहण अनुमति लिएका छन् । आरोही धमाधम आइरहेकाले यो वर्षको वसन्त आरोहण उत्साहजनक हुने अनुमान गरिएको विभागका निर्देशक लुइटेलले बताउनुभयो ।-(रासस)

 

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान

खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान

November 14, 2026
एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

November 13, 2026
लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 

लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 

November 13, 2026
सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो

सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो

November 13, 2026
‘रामायण’ ले नेपालमा कति कमायो ?

‘रामायण’ ले नेपालमा कति कमायो ?

November 13, 2026
महालक्ष्मी विकास बैंकले घोषणा ग¥यो ७.४८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले घोषणा ग¥यो ७.४८ प्रतिशत लाभांश

November 13, 2026
  • छुटाउनुभयो कि? सबै
    खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान

    खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान

    एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

    एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

    लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 

    लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 

    सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो

    सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol