• TOKHA LIVE

    • २८ चैत्र २०७९, मंगलवार १८:२४

    सडक ढलानको निरीक्षणमा पुगेकी बुढानिलकण्ठ-१२ की सदस्य ईश्वरी भट्टराई माथि आक्रमण

    टोखा लाइभ। २८ चैत्र २०७९,

    सडक ढलानको निरीक्षण पुगेकी बुढानिलकण्ठ नगरपालिका वडा नं १२ की सदस्य ईश्वरी भट्टराई माथि आक्रमण गरिएको छ।

    आज बिहान करिव १०.३० बजेको समयमा वडा नं १२ को आदर्शनगरमा निर्माण भैरहेको सडक ढलान कार्यको निरीक्षणमा पुगेकी सदस्य भट्टराई माथि एक व्यक्तिले अपशब्द बोल्दै गिट्टी ढुंगाले प्रहार गरेका थिए।

    आदर्शनगरमा रहेको एक घरमा पाहुना आएका ति ब्यक्तिले गरेको प्रहारबाट घाइते बनेकी सदस्य भट्टराईको स्वास्थ्य अवस्था ह्याम्स अस्पतालमा उपचार पश्चात सामान्य रहेको छ भने आक्रमण गर्ने व्यक्ति कपन प्रहरीको नियन्त्रणमा रहेका छन।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै