• TOKHA LIVE

    • २५ चैत्र २०७९, शनिबार २०:५९

    हारका बाबजुत भियतनाम विरुद्ध नेपालको संतोषजनक प्रदर्शन

    टोखा लाइभ। २५ चैत्र २०७९

    काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको पहिलो चरणबाटै नेपाल बाहिरिएको छ । तर भियतनामविरुद्ध पहिलो लेगमा गरेको खराब प्रदर्शनमा नेपालले सुधार गरेको छ ।

    काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा सुरुमै ७ मिनेट भित्र २ गोल खाएको नेपाल २–० ले नै पराजित भयो । पहिलो खेलमा नेपाल ५–१ ले पराजित भएको नेपाल ७–१ को नतिजासँगै ओलम्पिक २०२४ को महिला फुटबल छनोटबाट बाहरिएको हो ।

    बुधबार भएको पहिलो खेलको तुलनामा आज शनिबार नेपालले सुधारिएको खेल प्रदर्शन गरे पनि भियतनामसँगको हार टार्न सकेन । खेलको छैटौं मिनेटमा भियतनामले पाएको पहिलो कर्नरमा पोष्टमा अलमल हुँदा पाम हाइ यानले गरेको फितलो प्रहार गोल भयो ।

    त्यसको एक मिनेट पनि नबित्दै खेलको सातौं मिनेटमा तान थि थु था ओले गरेको पासमा पुन यानले नै गोल गरिन् । ७ मिनेटमै दुई गोलले पछि परे पनि त्यसपछि नेपालले सुधारिएको प्रदर्शन गर्‍यो र भियतनामलाई थप गोल हुनबाट रोक्यो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै