• TOKHA LIVE

      TOKHA LIVE

    • ९ चैत्र २०७९, बिहीबार २१:१२

    एभरेष्ट बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैह्र बैकिङ्ग सम्पत्ति लिलाम गर्ने

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ

    चैत्र ०९,२०७९

    एभरेष्ट बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैह्र बैकिङ्ग सम्पत्ति लिलाम गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको घरजग्गा शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्न लागेको हो । बैंकले आफ्नो नाममा दर्ता कायम रहेको झापा जिल्ला, धुलाबारी नगरपालिका वडा नं. ८, धुलाबारी स्थित कित्ता नं. २३७ र ४७८ को क्षेत्रफल क्रमशः ०–०–७–० विगाह (११८.५२ वर्गमिटर) को जग्गा तथा सो जग्गामा निर्मित १४७४.६८ वर्गफिट क्षेत्रफलको २ तले घर कम्पाउण्ड सहित सम्पूर्ण लिगलगापात समेत लिलाम गर्ने भएका छन्। भने बैंकको स्थिर सम्पत्ति खरिद गर्न चाहाने इच्छुक ब्यक्ति, फर्म वा कम्पनीले चैत २० गतेभित्र बैंकको धुलाबारी शाखामा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने बताएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै