टोखा लाइभ।२२ माघ २०७९
नेपाल भाषामा निर्माण भइरहेको सामाजिक कथानक चलचित्र “तिबः दि सपोर्ट “को एक महत्वपूर्ण अंशको छायाङ्कन हालै अमेरिकाको मेरिल्यान्ड स्थित गेटेस्थवर्गमा भएको छ । उक्त कार्यका लागि सम्पूर्ण चाँजोपाँजो अमेरिका स्थित मिला अमात्य, अनुप जोशी र दि हिमालयन भाइब्ज समुहले मिलाउनु भएको हो ।

यस अघि पनि चर्चित नेभाल भाषाका चलचित्र “पटाचारी“ र “जामनः गुभाजु “ मा आफ्नो विलक्षण प्रतिभाको प्रमाण दिइसक्नु भएका तिबःका निर्देशक रवि सायमीले कथावस्तुको माग बमोजिम अमेरिकामा पनि दृश्य छायाङ्कनको आवश्यकता आइपरेको र यदि दि हिमालयन भाइब्ज ( टिएचभि ) ले यसको जिम्मा नलिइ दिएको भएको चलचित्रको यो महत्वपूर्ण परियोजना असंभव नै हुने बताउनु भएको छ ।

स्मरणिय छ , रवि सायमीको निर्देशनमा तयार भएको “ जामनः गुभाजु “ ले अमेरिकाको न्युयोर्कमा आयोजित अन्तर्राष्ट्रिय आदिवासी चलचित्र प्रतियोगितामा विभिन्न विधामा पुरुस्कार जित्न सफल भएको थियो । ओमशंकर श्रेष्ठको कथा, शुसिल राजोपाध्याय र ओमशंकर श्रेष्ठ र रवि सायमीको पटकथा तथा राजेन्द्र महर्जन, ओमशंकर श्रेष्ठ र संघरत्न शाक्यको गीत तथा भुपेन्द्र बज्राचार्य र शिव साहीको संगीतमा बनिरहेको यस चलचित्रमा नामुद कलाकार शुसिल राजोपाध्याय, सरस्वती मानन्धर र कृष्ण महर्जन लगायतकाको अभिनय रहेको छ । नेपाल भाषा प्रति माया, लगाव र झुकाव भएकै कारण दि हिमालयन भाइब्जले चारवटा लघु चलचित्र निर्माण गरी प्रदर्शन समेत गरिसकेको छ ।
अमेरिकामा भएको तिबःको छायाङ्कनमा कलाकार दिवाकर धौभडेल, मिला श्रेष्ठ र रवि शाक्यले अभिनय गर्नुभएको छ भने छायाङ्कनको व्यवस्थापन जिम श्रेष्ठले गर्नुभएको छ ।

मेरिल्यान्ड स्थित “ तिबः दि सपोर्ट “ चलचित्रको छायाङ्कनका लागि दि हिमालयन भाइब्ज लगायत अन्य सम्पूर्ण महानुभाबलाई चलचित्र निर्मात सर्जु रंजित र समिता रंंजित श्रेष्ठ , निर्देशक रवि सायमी लगायत सम्पूर्ण कलाकार तथा प्राविधिक टोलिले आभार व्यक्त गर्नुभएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको गेथेस्बर्ग शहरमा
छायांकनको निर्देशन साथै सम्पूर्ण प्रबिघिक जिम्मा रोशन श्रेष्ठ, मिलि अमात्य , अनुप जोशी र दिभाकर धौभदेलले लिनु भएको थियो।

