• TOKHA LIVE

    • २१ माघ २०७९, शनिबार १०:०९

    विश्वको सर्बोच्च शिखर सगरमाथामा दुर्लभ बिरालोको नयाँ प्रजाति फेला पर्‍यो

    टोखा लाइभ। २०७९ माघ २१ गते

    बिश्वकै सर्बोच्च शिखर सगरमाथामा वैज्ञानिकहरूको एक टोलीले भर्खरै अविश्वसनीय र एकदम मनमोहक तथ्य पत्ता लगाए – सगरमाथा हिमालमा दुर्लभ बिरालाहरू बस्ने गरेका छन् ।

    पल्लास क्याट भनिने बिराला जसलाई म्यानुलहरू पनि भनिन्छ, सगरमाथाको दक्षिणी भागमा कतै बस्छन्। यो खोज विश्वभरका अन्वेषकहरू र संरक्षणवादीहरूका लागि अत्यन्त नौलो र चकित पार्ने खालको छ ।

    ब्युटी अफ प्लानेटका अनुसार पल्लास क्याटहरूपनि घरका बिराला जत्रै आकारका हुन्छन् । तर तिनको शरिरमा केहि भिन्नता हुन्छ, रङ फरक देखिन्छ । तिनीहरूका खुट्टाहरू धेरै छोटो हुन्छन् र तिनीहरूको रौं बाक्लो र चम्किलो हुन्छ । त्यसले गर्दा ति भरिला, मोटा देखिन्छन् ।

    तिनीहरू झट्ट हेर्दा भन्दा सानो र हल्का हुन्छन् । किनकि तिनीहरूमा अलि बाक्लो रौं वा भुवा जस्तो हुन्छ । मोटो देखिएपनि रौं बाक्लो हुनाले हो । त्यो बाक्लो रौं हुनाको कारण हिमालको ठण्डीबाट बच्नकालागि हो ।

    तिनको शारिरिक बनावटले गर्दा चट्टानी दरार र चट्टानका भिराला भागहरुमा चढ्न सजिलो हुनाले उनीहरू सगरमाथा जस्तो उच्च हिमालमा पाइएका हुन् । साना देखिएपनि यि विराला आक्रामक हुन्छन् । तिनलाई घरपालुवा जनावरको रूपमा राख्न, पाल्न सकिँदैन ।

    अनुहार फराकिलो र ठूला कानहरू हुनाले तिनीहरूलाई कार्टुनका पात्र जस्तो देखाउँछ । ति बिश्वको सर्बोच्च शिखर वरिपरि घुम्छन्, फन्को लगाइरहन्छन् ।

    Photo Credit-SHUTTERSTOCK.COM/PANIYANI via beauty of planet

    “विश्वको शीर्ष शिखरमा यो दुर्लभ र उल्लेखनीय प्रजातिको प्रमाण पत्ता लगाउनु अभूतपूर्व हो,” वन्यजन्तु संरक्षण समाजको प्राणी स्वास्थ्य कार्यक्रमका डा ट्रेसी सिमोनले वन्यजन्तु संरक्षण समाजको लागि तयार गरिएको लेखमा
    “भविष्यको अनुसन्धानले सगरमाथामा कतिवटा पल्लास क्याटहरू छन् भनेर निश्चित गर्न मद्दत गर्नेछ । त्यसले तिनीहरूलाई सुरक्षित राख्न मद्दत गर्नेछ ताकि तिनीहरूले आफ्नो उत्कृष्ट जीवन जिउन जारी राख्न सकून्” उनले थपे ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै