• TOKHA LIVE

    • ९ माघ २०७९, सोमबार १२:११

    ललितपुरमा श्रीपञ्चमीको अवसरमा शास्त्रीय संगीत उत्सव हुँदै

    टाेखालाइभ डट कम/ माघ ९,२०७९

    काठमाडौं । ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले श्रीपञ्चमीको अवसरमा श्रीपञ्चमी शास्त्रीय नखः (उत्सव)को आयोजना गर्ने भएको छ । आगामी बिहीबार पाटनदरबार क्षेत्रस्थित कात्र्तिक डबलीमा कार्यक्रम हुने छ । यस कार्यक्रममा लोकप्रिय सांगीतिक समूह प्रोजेक्ट बाजा नेपाल, प्लेयिङ फर चेञ्ज नेपाल तथा वाद्यशिरोमणी संगीत घरानाले शास्त्रीय संगीतका विविध सृजना प्रस्तुत गर्ने छ भने १६ वडा कलाकार समितिको आयोजनामा भएको नृत्य प्रतियोगिताका पुरस्कार विजेता लोकप्रिय चर्या नृत्य कलाकार विशाखा शाक्यले मञ्जुश्री चर्या नृत्य प्रस्तुत गर्नुहुने छ ।कलाको विकास तथा कलाकारहरुको प्रोत्साहनका लागि दुई वर्षअघि ललितपुर महानगरपालिका १६ वडाले कलाकार समिति निर्माण गरेको हो ।

    बिहीबार साझँ ५ बजे सुरु हुने उक्त समारोहमा नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको नवनिर्वाचित केन्द्रीय समिति तथा नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूको ललितपुर शाखायात शुभकामना पत्र प्रदान गरिने कार्यक्रम समेत रहेको आयोजक समितिले वताएको छ । यस समितिले गायन तथा नृत्य प्रतियोगिता, इन्द्रजात्रा सांस्कृतिक कार्यक्रम, होली सांस्कृतिक कार्यक्रम, नेपाल सम्वतको नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रमको आयोजना गर्दै आएको छ भने १६ वडाका कलाकारहरुलाई सहुलियत शूल्कमा कला प्रतिक्षण दिने उद्देश्यले कला पाठशाला पनि संचालन गरिरहेको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै