• TOKHA LIVE

    • ८ माघ २०७९, आईतवार १८:४२

    एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा सुष्मा

    टोखा लाइभ।८ माघ २०७९

    काठमाडौँ – थाइल्यान्डमा जारी एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङ फाइनलमा प्रवेश गरेकी छन्।

    बैंककमा आइतबार महिला ४८ केजी तौल समूहको सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन्।

    अब स्वर्ण पदकका लागि सुष्माले उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग खेल्ने छिन्। फाइनल खेल बुधबार हुनेछ।

    यस प्रतियोगितामा फाइनल पुग्ने सुष्मा पहिलो नेपाली खेलाडीसमेत बनेकी छन्। प्रतियोगितामा नेपालबाट तीन जना पुरुष र तीन जना महिला खेलाडी गरी ६ खेलाडीको सहभागिता रहेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै