• TOKHA LIVE

    • २ पुष २०७९, शनिबार २१:१८

    जनतासँग गरेका प्रतिबद्धता पूरा गर्छु : प्रदीप पौडेल

     

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ

    पुस २,२०७९

    नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले निर्वाचनका बेला जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ ।

    काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित पौडेलले आज यहाँ आयोजित अन्तरक्रियामा आफ्नो विजयलाई अवसरका रूपमा लिएको बताउँदै “आगामी पाँच वर्षमा राजनीतिक बेथितिको अन्त्य गर्ने, स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाचा पूरा गर्ने काममा लाग्नेछु”, उहाँले भन्नुभयो ।आगामी दिनमा जनताका कामलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने विश्वास दिलाउनुभयो ।

    निर्यातमुखी अर्थतन्त्र विकास भए रोजगारीको अवसर सिर्जना हुने उहाँको भनाइ छ । नेता पौडेलले उत्पादनमूलक उद्योग सञ्चालनमा ल्याएर आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरी निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको बताउनुभयो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै