टोखा लाइभ ॥चैत्र , २०, २०७८
काठमाडौँ : ओम शंकर श्रेष्ठको कथा संग्रह ‘यथार्थ ‘ बजारमा आएको छ । पत्रकार , कवि, लेखक रहेर शिक्षक पेशामा आवद्द श्रेष्ठले सामाजिक कथा समेटेर संग्रह ल्याएका हुन् । डिकुरा पब्लिकेशनले बजारमा ल्याएको पुस्तकमा १९ वटा कथा समावेश छन् । संग्रहित पुस्तक समावेश कथाहरु समग्र नेपाली समाजका विविध आयामहरुलाई समेटेको श्रेष्ठले बताए ।

‘ नेपाली समाजका विभिन्न घटनाहरु कथामा अटाएका छन् । किनकी एउटा लेखक कुनै पनिविषयमा तटस्थ हुन सक्दैन्’ उनले भने, ‘कथामा सामाजिक विषयहरु अटाएका छन्। जहाँ प्रेम तथा सामाजिक विषय छन् ।”
लामो समयदेखि श्रेष्ठले पत्रपत्रिकामा कथा , विदेशी कथा तथा गीत लेखनको माध्यमले आफ्नो उपस्थिती देखाइसकेका छन् ।

नेपाली साहित्य क्षेत्रमा कथा लेखन सुस्तता रहेको बेला श्रेष्ठका कथा आउनु सुखद पक्ष रहेको साहित्यकार चंकी श्रेष्ठले बताए। ‘यी कथा मात्र होइनन् । हाम्रो समाजका विम्व हुन्’ उनले भने। श्रेष्ठले लेखेका फरकधारका कथाले पाठकलाई कथाप्रती सम्मोहन बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने चंकीको भनाइ छ ।
साहित्यकार तथा अधिवक्ता स्वागत नेपालले ओम शंकर श्रेष्ठको लेखन बाट डराएर केही दैनिक पत्रकारहरू उनको पुस्तक बजारमा ल्याउन नदिन जाल रच्न सक्ने आशंका समेत व्यक्त गरे ।
नेपाल सरकारका संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठले भर्चुअल रुपमा कथा संग्रह यथार्थको विमोचन भएपछि सार्वजनिक भएको हो। कथा संग्रहका प्रकाशक डिकुरा पब्लिकेसन्सका अध्यक्ष पुण्य प्रसाईले कथा संग्रह यथार्थले नेपालको राजनीतिक क्षेत्र लाई प्रहार गर्दे मुलुकमा राजनीतिक अस्थिरता तथा नेताहरुको बेइमानीको कारण श्रीलंकामा भन्दा अझ बढी भयावह आर्थिक संकट आउन लागेकोले आम नागरिक लाई समेत सेचतना दिए।

