• TOKHA LIVE

    • १९ माघ २०७८, बुधबार ०९:४५

    पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो

    टाेखालाइभ/माघ १९,२०७८

    काठमाडौ / सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमको मंगलबार बसेको बैठकले साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाले बढाएर प्रती लिटर पेट्रोलको मूल्य १४२, डिजल/मट्टीतेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ र एलपी ग्याँसको मूल्य भने यथावत नै राखिएको छ ।

    आयल निगमले आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रुपैयाँले बढाएर बिक्री मूल्य प्रति लिटर १ सय १६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर एक सयले बढाएर प्रति किलो लिटर बिक्री मूल्य अमेरिकी डलर एक हजार ९५ कायम गरिएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै