• TOKHA LIVE

    • ९ माघ २०७८, आईतवार १८:२६

    पत्रकार विश्वकर्माको निधनबारे सत्यतथ्य सार्वजनिक गर्न माग

    टाेखालाइभ /माघ ९,२०७८

    काठमाडौं । प्रेस काउन्सिल नेपालले निजामती कर्मचारी (सिभिल) अस्पतालमा सहज उपचार नपाएर पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको निधन भएको विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

    थोरै रकम अभावका कारण सहज उपचार नपाएका विश्वकर्माको यही माघ ६ गते बिहान निधन भएको थियो । सो सम्बन्धमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले शुक्रबार सिभिल अस्पतालको व्यवस्थापनलाई भेटेर घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको थियो ।

    श्रमजीवी पत्रकार अस्पतालमा प्रवेश गरिसकेपछि उपचार नपाएर ज्यान गुमाउनु लज्जाको विषय भएको काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै