• TOKHA LIVE

    • ५ माघ २०७८, बुधबार १७:००

    पशुपतिलगायत राजधानीका मन्दिर आजदेखि बन्द

    टाेखालाइभ डट कम/माघ ५,२०७८,

    काठमाडौं । नेपालमा कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण व्यापक बढ्दै गएको भन्दै  आजदेखि पशुपति लगायतका मठ मन्दिरहरु बन्द गरिएको छ ।
    काठमाडौं उपत्यकामा रहेका तीन वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आजदेखि माघ मसान्तसम्म मन्दिर, मस्जिद गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र खुला रहने बताएका छन् ।

    त्यसबाहेकका सर्वसाधारणको पूजापाठ समेत हुन रोक लगाएको छ । पशुपति क्षेत्र विकास कोषले पनि एक सूचना जारी गरी आजबाट लागू हुनेगरी पशुपतिनाथ, गुह्वेश्वरी लगायत पशुपति क्षेत्रका मठमन्दिरमा परम्परागत नित्य पूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरिएको जानकारी दिएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै