• TOKHA LIVE

    • १६ पुष २०७८, शुक्रबार १९:३८

    नेपाल मजदुर किसान पार्टीद्वारा एमसीसीविरुद्ध खबरदारी सभा र जुलुस प्रदर्शन

    टाेखालाइभ डट कम/ पौष १६,२०७८

    काठमाडौं /नेपाल मजदुर किसान पार्टीले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै पार्टीले सो सम्झौता संसदमा पेशसमेत नगर्न सरकार र सांसदहरुलाई दबाब दिँदै आज खवरदारी सभा र जुलुस प्रदर्शन  गरेको छ ।
    नेमकिपाले आज काठमाडौंको नयाँबानेश्वर चोक, पुरानो बानेश्वर, कोटेश्वरदेखि मीनभवनसम्म जुलुस गर्दै  संसद् घेराऊ गर्दै खबरदारी जुलुस सभामा परिणत भएको थियो ।त्यस्तै नेमकिपाले माइतिघर, पुरानो बानेश्वर, नयाँ बानेश्वरमा नारा र प्लेकार्डसहित सरकार विरुद्ध प्रदर्शन समेत गरेको हो ।

    शुक्रबार काठमाडौंको नयाँबानेश्वर चोकमा नेपाल मजदुर किसान पार्टीले सो सम्झौंता संसदमा पेश नगर्न दवाव दिँदै सभामा बोल्दै पार्टीका नेता प्रेम सुवालले सो सम्झौता राष्ट्रघाती भन्दै संसदमा पेश गर्न नदिन सांसदहरुलाई अपिल गरेका थिए सो सम्झौंता खारेज नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने चेतावनी दिए । नेता सुवालले एमसीसी सम्झौंता संसदबाट पारित भए भारत र अमेरीकी सेनाको नेपाल परेडस्थल बन्ने र एक सेकेन्डमै नेपाल ध्वस्त हुने उनको दावी थियो ।
    खवरदारी सभामा देशघाती एमसीसी सम्झौता खारेज गर!एमसीसीका मतियार खबरदार !! लगायतका नाराबाजी लगाउँदै प्रर्दशन गरेका थिए ।

    खवरदारी सभामा नेमकिपाका नेताहरु प्रदेश सांसद सुरेन्द्रराज गोसाई, अनुराधा थापामगर, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति लगायतले सम्बोधन गर्नुभएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै