• TOKHA LIVE

    • १२ पुष २०७८, सोमबार १२:२८

    कामना सेवा फुटसलको उपाधि सिद्धार्थ बैंकलाई

    टाेखालाइभ/ पौष १२,२०७८

    काठमाडौं । कामना सेवा फुटसलको उपाधि सिद्धार्थ बैंकले जितेको छ । शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो ।यो उपाधिसँगै सिद्धार्थ बैंकले ट्रफी, मेडल, प्रमाणपत्र र उत्कृष्ट गिफ्टह्याम्पर समेत प्राप्त गरेको छ।

    निर्धारित समयमा सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गरेका थिए । माछापुच्छ्रेका तर्फबाट अभय राना र सञ्जय राना मगरले गोल गरेका थिए । टाइब्रेकरमा सिद्धार्थ दुई एकले विजयी बन्यो ।

    फाइनल खेलको निर्धारित समय दुई दुई गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा गएको थियो ।

    प्रतियोगितामा माछापुच्छ्रेका निकेश केसी उत्कृष्ट गोलकिपर , सिद्धार्थका शान्ति राम कार्की सर्वाधिक गोलकर्ता र सिद्धार्थकै भाष्कर देवकोटा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । विधागत तर्फका तीनै जना खेलाडीले ट्रफी सहित गिफ्टह्याम्पटर प्राप्त गरेका थिए ।

    प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फाको फुटसल कमिटीले सहकार्य गरेको प्रतियोगितामा विजेतालाई प्रमुख अतिथी एन्फा अध्यक्ष कर्माछिरिन शेर्पा, कामना सेवाका सञ्चालक विश्वेश्वर सुवेदी, नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोबिन्द भट्टराई, बैंकका निमित्त कार्यकारी प्रमुख हरि प्रसाद लम्साल लगायतले मेडल, टफी सहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै