• TOKHA LIVE

    • ११ पुष २०७८, आईतवार १०:३५

    कन्सोटियम नेपालको अध्यक्षमा युवा बाल अधिकारकर्मी मोहन दंगाल चयन

    टाेखालाइभ डट कम/ पौष ११,२०७८

    बाल सहभागितिमा कार्यरत संस्थाहरुको सझा समूह (कन्सोटियम नेपालको) अध्यक्षतमा युवा बाल अधिकारकर्मी मोहन दंगाल चयन भएका छन् ।कन्सोटियम नेपालको २२ औं साधारणसभा तथा नवौं अधिवेशनले दंगाललाई अध्यक्षमा चयन गरेको हो ।
    त्यस्तै उपाध्यक्षमा सन्तोष महर्जन, महासचिवमा प्रदिपकुमार लामिछाने, सचिवमा अनिता पाण्डे, कोषाध्यक्षमा सरोज आचार्य, सदस्यहरुमा प्रकास बसी, स्वस्तिका शर्मा, निरिजना भट्ट, विश्वास लामिछाने, बद्री सुवेदी, संजय कुसवाह, गंगा गुरुङ्ग, र पशुपति चौधरीलाई सर्वसम्मत चयन गरेको छ ।
    कन्सोर्टियम नेपालले यसै वर्षको वार्षिक साधारण सभा तथा अधिवेशनको अवसर पारेर “नेपालमा बाल अधिकार अन्दोलन-भावी कार्यदिशा” विषयक संवाद कार्यक्रम पनि सम्पन्न गरेको छ ।
    उक्त कार्यक्रममा प्रतिनिधि सभा, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति माननीय श्री कृष्ण भक्त पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उप सचिव शान्तिराज प्रसाईं, राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेल, बाल अधिकार अभियन्ता गौरी प्रधान लगाएतको उपस्थित रहेको थियो ।
    विभिन्न जिल्लाका बाल सहभागीतामा कार्यरत कन्सोर्टियम नेपालको सदस्य समेत रहेका संस्थाहरु र बालबालिकाहरु उपस्थित रहेको उक्त कार्यक्रममा बाल अधिकार अभियन्ता गौरी प्रधानको प्रस्तुति रहेको थियो भने कार्यक्रमको अध्यक्षता कन्सोर्टियम नेपालका निवर्तमान अध्यक्ष किरण थापाले गर्नु भएको थियो ।
    यसै कार्यक्रममा विभिन्न बाल अधिकारको क्षत्रमा कार्यरत सञ्जालका अध्यक्ष तथा विकासका साझेदार संस्थाहरुका प्रतिनिधि
    लगायतले बालाधिकारको बिषयमा आ–आफ्नो धारणा राखेका थिए ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै