टाेखालाइभ/ पौष ९,२०७८
काठमाडौं /नेकपा एमाले छैटौं जिल्ला काठमाण्डौ अधिवेसनको लोगो सार्वजनिक गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानी क्रिकेट मैदानमा आयोजना गरिएको मूल व्यवस्थापन समितीको बैठकमा सो लोगो सार्वजनिक गरिएको हो।
काठमाण्डौ जिल्लाका १३८ वडा र ११ नगरका पदाधिकारीहरुको उपस्थितिमा भएको बैठकमा नेकपा एमालेका बरिस्ट उपाध्यक्ष ईश्वर पोखरेलले उक्त लोगो सार्वजनिक गरेका हुन्।
लोगोमा एमालेको चुनाव चिन्ह ,पार्टीको झन्डा र ठडिएको धराहरा सहित नेपाल चिनाउने प्रसिद्ध धार्मिक स्थलहरु चित्रमा भरपुर प्रयोग गरिएको छ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईको अध्यक्षतामा भएको मूल व्यवस्थापन समितीको बैठकमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्यहरु कृष्णगोपाल श्रेष्ठ र डा. राजन भट्टराई,पोलिटब्युरो सदस्य रामेश्वर फुँयाल,केन्द्रीय कमिटी सदस्यहरु नारायण सिलवाल ,विद्या सुन्दर शाक्य ,रुप नारायण श्रेष्ठ ,शान्ति अधिकारी ,सरिता न्यौपाने , बागमती प्रदेस कमिटी उपसचिव रत्ना गुरुङ लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन जिल्ला कमिटीका सचिव दीपक निरौलाले गरेका थिए।

