• TOKHA LIVE

    • ७ पुष २०७८, बुधबार २०:१४

    नेपाल प्रहरीका दुई एसएसपीको डिआइजीमा बढुवा सिफारिस

    टाेखालाइभ डट कम/पौष ७

    काठमाडौं ।नेपाल प्रहरीका दुईजना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

    प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, चिकित्सकतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाको लागि सिफारिस भएका हुन् ।

    बुधबार बसेको बढुवा समितिको बैठकले एसएसपीद्वय डा. सञ्जय बिक्रम श्रेष्ठ र डा. गोपाल कुमार ठाकुरलाई डीआईजी बढुवाको लागि सिफारिस गरेको हो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै