• TOKHA LIVE

    • ७ पुष २०७८, बुधबार ११:२०

    शिक्षक भर्नाका लागि निमावि तहमा २ हजार ५ सय ९८ शिक्षक माग

    टाेखालाइभ/ पुस ७,२०७८

    काठमाडौँ ।शिक्षक भर्नाका लागि निमावि तहमा २ हजार ५ सय ९८ शिक्षक स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।जारी सार्वजनिक सूचना अनुसार सबैभन्दा बढी अङ्ग्रेजी विषयमा ६ सय २४ जना शिक्षकका लागि दरखास्त आह्वान भएको छ ।

    माध्यमिक तहमा शिक्षक भर्नाका लागि विज्ञापन आह्वान भएको एक साता नबित्दै शिक्षक सेवा आयोगले आज निमावि तह (निमावि तृतीय श्रेणी) मा पनि शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।

     

    त्यस्तै, नेपाली विषयमा ४ सय ३७, गणितमा ३ सय ७१, विज्ञानमा ४सय ४०, सामाजिक अध्ययनमा ३ सय ५३, शुक्लयर्वेदमा एक, गणित–विज्ञानमा ३ सय६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार र संस्कृत कर्मकाण्डमा एक शिक्षकका लागि कोटा छुट्याइएको छ ।

    ६ माघसम्म नियमित र १० माघसम्म विलम्ब शुल्क बुझाएर दरखास्त दिन सकिने आयोगले जनाएको छ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् ।

    कुन विषयमा कति शिक्षक माग ? :

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै