नविना श्रेष्ठ
टाेखालाइभ डट कम/मंसिर २,२०७८
नेपाली कांग्रेसको महामन्त्री पदमा विजयी भएसँगै विश्वप्रकाश शर्मा गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित विपी सङ्ग्रहालय सुन्दरीजलमा पुग्नु भएको छ। विपी सङ्ग्रहालय सुन्दरीजलमा वृक्षारोपण गरेर उहाँले महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका विश्वप्रकाश शर्मा महामन्त्रीमा बिजय भएसँगै पूर्ण सुन्दरीजल बिपी संग्रहालय पुगेका हुन्।

शर्मालाई विपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलले स्वागत गरेका हुन्। शर्माले ले सुन्दरीजलस्थित बीपी कोइरालालाई जेलमा राखिएको ठाउँको माटोलाई ढोगेर आफू उम्मेदवार घोषणा गरे संगै विजय भएपछि त्यहीँ स्थानमा पुगेर शर्माले आफ्नो जिम्मेवारीलाई आत्मसात गरेको बताउनुभयो।

जितसँगै गहन जिम्मेवारी बोकेर सुन्दरीजल पुगेका शर्मा विपीको शालिकमा माल्यार्पण गर्न साथै त्यहाँको माटो लाई ढोगेका थिए। उम्मेदवार घोषणा गर्दा संग्रहालय परिसरमा आफूले रोपेको रुद्राक्षको विरुवामा पानी हाल्नु भएको थियो १४ औं महाधिवेशनमा शर्माले १ हजार ९ सय ८४ मत ल्याएर विजयी भएका शर्माले अब सिंगो नेपाली कांग्रेसलाई रुपान्तरण गर्न नयाँ ढंगले यात्रा सुरुवात गर्ने बताए।

आफ्नो यो जित केवल एउटा व्यक्तिको मात्र नभएर बदलिएको नेपाली कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको बताउनुभयो। शर्माले अबका दिनमा पार्टी हिजोको जस्तो नचल्ने भन्दै रुपान्तरण भएर जाने तथा आधुनिक कांग्रेस अब बन्नुपर्ने उहाँले बताए।
आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन आफूले सक्ने साथ सहयोग गर्ने महामन्त्री शर्माले आफ्नो जिम्मेवारी सधै निष्ठा विनम्रता र संयमताका साथ पुरा गर्ने उहाँले प्रतिबद्धता जनाए ।

