टाेखालाइभ/ मंसिर२७ २०७८,
काठमाण्डौ क्षेत्र नं ३ ( २ ) बाट बागमती प्रदेस सभा सदस्यमा निर्वाचित रामेश्वर फुँयाल नेकपा एमालेको पोलिटब्युरो सदस्यमा मनोनित भएका छन।
बागमती प्रदेसका पुर्व भौतिक पूर्वाधार विकास मन्त्रि फुँयाललाई नेकपा एमालेको दोश्रो केन्द्रीय कमिटीको बैठकले पोलिटब्युरो सदस्यमा मनोनित गरेको हो।
काठमाण्डौ जिल्ला विकास समितीको उपसभापती रहिसकेका उनले करिव १५ वर्ष नेकपा एमाले काठमाण्डौको नेतृत्व गरेका थिए। उनलेे २०७० सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ३ बाट संविधान सभा सदस्यमा निर्वाचित हुँदा काँठ चक्रपथ लगायतका विकास योजनाको अवधारणा पनि ल्याएका थिए ।
काठमाण्डौ उपत्यकाका पर्वत शृंखलाहरुको प्रवर्धनका लागि विभिन्न महोत्सवहरुको स्थापना र निरन्तरतामा महत्वपूर्ण भूमिका निर्वाह गरेका फुँयालले जनतासंग कवाड संकलन गरी काठमाडौंको कागेस्वरीमा विश्वकै सबैभन्दा ठुलो कागको मुर्ति स्थापनाको नेतृत्व समेत गरेका थिए।

