• TOKHA LIVE

    • २५ मंसिर २०७८, शनिबार २१:२५

    नेपाली कांग्रेसको सभापति , महामन्त्री र उप महामन्त्रीमा ३ प्यानलको महाभिडन्त

    टाेखालाइभ डट कम/मंसिर २५,२०७८

    काठमाडौं ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन ३ प्यानलको महा भिडन्त हुने भएको छ।
    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । शनिबार अपरान्ह ५ बजेसम्म नेताहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् ।कांग्रेस सभापति र महामन्त्रीमा ६ जनाको उम्मेदवारी मनोनयन दर्ता गर्दा सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा ३ प्यानल बिच भिडन्त

    शेखर कोइराला प्यानल
    सभापति – शेखर कोइराला
    उप सभापति – धनराज गुरुङ र चन्द्र भण्डारी,
    महामन्त्री- डा. मिनेन्द्र रिजाल र गगन थापा
    सहमहामन्त्री- देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार,कमला पन्त, विकास लामा, रामकृष्ण यादव , तेजुलाल चौधरी र शेख वकिलले उम्मेदवारी दिएका छन् ।

     

    शेरबहादुर देउवाको प्यानल

    सभापति – शेरबहादुर देउवा
    उप सभापति – विजय गच्छदार, पूर्णबहादुर खड्का,
    महामन्त्री- डा. प्रकाशशरण महत, प्रदीप पौडेल,
    सहमहामन्त्री- डिना उपाध्याय,भीष्मराज आङ्देम्बे, मानबहादुर विश्वकर्मा, महेन्द्र यादव, किशोरसिंह राठौर, उमाकान्त चौधरी, फरमुल्लाह मन्सुर र जीवनबहादुर शाहीले उम्मेदवार दिएका छन्।

    प्रकाशमान सिंहको प्यानल
    संस्थापन समूहबाट टिकट नपाएपछि विश्वप्रकाश पौडेलले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका छन् । महामन्त्रीका आकांक्षीद्धय बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्र्कीले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिए ।पौडेल पक्षबाट सभापतिको साझा उम्मेदवार छनोटमा सहमति नजुटेपछि नेता सिंहले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

    त्यस्तै उपसभापतिमा विजय गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाहले मनोनयन दर्ता गराएका छन् ।

    त्यस्तै ८ सहमहामन्त्री पदका लागि १९ जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा खस आर्य, महिला, दलित, मधेसी, जनजाति, पिछडिएको क्षेत्र, थारु र अल्पसंख्यक क्लस्टरबाट एक एक जना निर्वाचित हुनेछन् ।

    सहमहामन्त्रीमा यीबाहेक सुरेन्द्रप्रसाद चौधरी, रञ्जित कर्ण, गंगा सुनार र चेतराज बरालले पनि उम्मेदवारी दिएका छन् ।

    त्यस्तै खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको छ । कुल १२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै