नविना श्रेष्ठ
टाेखालाइभ डट कम/मंसिर २५,२०७८
काठमाडौं /नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ५ प्रदेश ख ,को पदभार तथा बधाई एवं शुभकामना आदान -प्रदान कार्यक्रम एक समारोह सम्पन्न भएको छ।
मंगलादेवी भवन धापासीमा रहेको एक सभाहलमा भएको पदभार कार्यक्रममा प्रदेश ख, का पूर्व सभापति दिपक खत्रीले आफू सहमतिमा नियुक्ति भएर ४ बर्ष सम्म पार्टीको हरेक कार्यहरु जिम्मेवारी पूर्वक सम्हालेर राखेको जिम्मेवारीहरु आज राजु खत्री नवनियुक्त सभापति प्रदेश,ख,का राजु खत्रीलाई हस्तान्तरण गरीएको थियो। भने नवनियुक्त सभापति राजु खत्रीले ग्रहण गर्नुभएको थियो।
पदभार हस्तान्तरण र ग्रहण कार्यक्रम सम्पन्न भए पछि प्रदेश ख का प्रतिनिधि तथा इकाई सभापतिहरुलाई खादा ओढाई सम्मान गरि बधाई तथा शुभकामना दिएको थियो।
नवनियुक्त प्रदेश ख, का सभापति राजु खत्रीले अब स्थानीय चुनावका लागि पौष ४ गते देखि सबै जना मिलेर निर्वाचन नामावली संकलन सुरु गर्न आह्वान समेत गरेका थिए। कार्यक्रममा उपस्थित सम्पूर्ण पार्टीका अग्रज विश्वासिलो व्यक्तिहरु सबैलाई धन्यवाद व्यक्त गरेका थिए।

