नविना श्रेष्ठ
टाेखालाइभ डट कम/मंसिर २३,२०७८
नेपाली काँग्रेसका पूर्व कानूनी मन्त्री तथा पूर्व सभापति नरहरि आचार्यले आफ्नो जीवनको पाठशाला सम्झना र सम्बन्ध नामको नयाँ पुस्तक आज सार्वजनिक एवं अन्तरसंवाद बीच लोकार्पण गरिएको छ।

काठमाडौंको प्रज्ञा भवनको एक बाहिरी मञ्चमा उहाँ आफैले लोकार्पण गर्नुभएको हो।आजको कार्यक्रम पुस्तककै महत्व रहेको उहाँले बताए। आचार्यले लामो समय राजनीतिमा बिताइसकेको हुनाले पुस्तक सार्वजनिक गर्न पाउदा देशको सीमा अवलोकन गरेको महसुस भएको बताए।
नेपाली काँग्रेसमा झण्डै २५ वर्षको समय राजनीतिमा बिताइसकेको लामो सम्झना प्रस्तुत गरेका थिए। भने त्योभन्दा पहिला उहाँ १६-१७ बर्ष शिक्षक पेशामा समय बिताइसकेको पनि बताए।

शिक्षक पेशामा आफूले बिताएको समय तथा राजनीतिमा बिताएको समय अझै आफूले बिर्सन नसकेको बताएका थिए। आफ्नो जीवनमा भएका धेरै सम्झना र सम्बन्ध तथा बिचमा आफू अस्वस्थ भएको समयलाई सम्झँदै आचार्य भावुक भएको थियो।

कार्यक्रममा नेपाली काँग्रेसका अग्रज नेतृत्व शुभचिन्तक आचार्य प्रति माया र विश्वास मित्रता व्यक्तित्त्वहरुको उपस्थित रहेको थियो।

