टाेखालाइभ/ मंसिर १९,२०७८
काठमाडौं ।राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् ।
आइतबार बिहान सम्पन्न मतपरिणामबाट अध्यक्षका प्रत्यासी कमल थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । लिङ्देनले १८४४ मतका साथ विजयी भएको थियोे भने यस्तै पराजित थापाले १६१७ मत ल्याएका थिए ।
अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिदै थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।
फाेटाे/सामाजिक संजाल

