• TOKHA LIVE

    • १५ मंसिर २०७८, बुधबार १७:५७

    अनलाइन मिडियाहरुले पनि चाँडै सरकारी विज्ञापन पाउँछन् : अर्थमन्त्री शर्मा

    टाेखालाइभ/मंसिर १५,२०७८

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइन मिडियाहरुले पनि सरकारी विज्ञापन पाउने बताएका छन् ।

    प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा सोमबार अर्थमन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई सम्बोधनका क्रममा अर्थमन्त्री कार्यविधि बनाई मुल्याङ्कन गरेर अनलाइन संचार माध्यमहरुलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेकाले चाँडै प्रक्रिया अगाडी बढ्ने बताएका हुन् ।उनले नेपाललाई नयाँ मार्गचित्रमा लैजान आवश्यक रहेको बताउदै अब नेपालमा समाजवादी बाटो नयाँ बाटोको आवश्यकता भएको औँल्याए ।

    अर्थमन्त्री शर्माले नेकपा माओवादी केन्द्रको अबको मुख्य उद्देश्य संघर्ष गरेर ल्याएको परिर्वतनलाई संस्थागत गर्नेमा जोड दिए।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै