• TOKHA LIVE

    • १५ मंसिर २०७८, बुधबार १७:३७

    गाउँपालिका अध्यक्ष बनिन् १६ वर्षीया किशोरी

    टाेखालाइभ/ मंसिर १५

    काठमाडौं / सर्लाहीको पर्सा गाउँपालिकाकी एक १६ वर्षीया किशोरी एक दिनका लागी गाउँपालिकाको अध्यक्ष बनेकी छन्।

    ‘अधिकारको संरक्षण हामी सबैका लागि जिम्मेवारी’ भन्ने नाराका साथ जारी १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानका क्रममा बाल क्लबका अध्यक्ष अंजली कुमारी साहलाई अध्यक्ष बनाइएको हो ।

    मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष किशुनदेव राय यादवले साहलाई एकदिने अध्यक्ष पदको प्रमाणपत्र प्रदान गर्दै अध्यक्षको कुर्सी हस्तान्तरण गरिन् । –
    मध्यान्ह दैनिकबाट

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै