• TOKHA LIVE

      TOKHA LIVE

    • ९ मंसिर २०७८, बिहीबार १०:०१

    साहित्यकारहरुद्वारा साताव्यापी सांस्कृतिक अवलोकन, प्रशिक्षण तथा नियात्रा लेखन भ्रमण सम्पन्न

    टाेखालाइभ डट कम/मंसिर ९,२०७८,

    काठमाडौँ/ निष्पक्ष मिडिया प्रा.लि काठमाडौँ र साहित्य तथा संस्कृति विचार मञ्च, गोंगबुँको आयोजनामा साहित्यकारहरुद्वारा साताव्यापी सांस्कृतिक अवलोकन, प्रशिक्षण तथा नियात्रा लेखन भ्रमण सम्पन्न गरेको  छ।

    साहित्य तथा सांस्कृतिक र अवलोकन प्रशिक्षण तथा नियात्रा लेखन भ्रमणको पहिलो चरणको कार्यक्रममा करिब डेढ दर्जन लेखक, साहित्यकारहरूको टोलीले काठमाडौँदेखि काभ्रे, रामेछाप र सिन्धुली तीन जिल्लाको संगम सिन्धुलीको नेपालथोकमा रहेको प्रसिद्ध धार्मिक, ऐतिहासिक एवम् पर्यटकीयस्थल कुशेश्वर महादेव, रामेछापको चापडीको सुनकोशीतिरमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक विश्वामित्र गुफा, नेपालथोकको ऐतिहासिक नेमुनि गुफा, बुद्धपार्कलगायत विभिन्न ऐतिहासिक तथा प्राकृतिक स्थलहरूको अवलोकन भ्रमण सम्पन्न गरेका थिए ।

    साहित्य तथा सांस्कृतिक र अवलोकन प्रशिक्षण तथा नियात्रा मा सहभागीहरू प्रा.डा.गार्गी शर्मा, डा.बिदुर चालिसे, साहित्यकार÷पत्रकार रत्नप्रसाद श्रेष्ठ अनामणि, साहित्यकार÷पत्रकार उमेश पाण्डे, कवि घन थापा, कवि तारा के.सी., साहित्यकार÷पत्रकार यशोदा अधिकारी, मुक्तककार राजेन्द्र घिमिरे सागर, कवि राधादेवी पाण्डे, कवि÷गीतकार रेणु अधिकारी मौनता, कवि रामकुमार पण्डित, गायक÷सङ्गीतकार निश्चल घिमिरेको साथै भगीरथ काफ्ले, तारादेवी के.सी. र राज भट्ट आदिले यात्राको क्रममा काभ्रेको ऐतिहासिक स्थलहरू चौकोट, भकुण्डेबेसी, कटुञ्जे, दुम्जाको स्थलगत अवलोकनको साथै काभ्रेको बतासे, पात्लेखेत, पात्लेगाउँ, मङ्गलटार, कानपुर, भोज्र्याङ, लुम्सालबेसी, माम्तीबेसी, तिमाल, दुम्जाको वन आदिको सुन्दर, शान्त, शीतल प्राकृतिक सौन्दर्यलाई नियाल्दै यात्रालाई अगाडि बढाउनुभएको थियो ।

    मङ्सिर १ गते काठमाडौँको गोंगबुँबाट बिहान ८ बजे सुरु भएको साहित्यकारहरूको साहित्यिक तथा सांस्कृतिक यात्रामा काभ्रे बतासेकी तारादेवी के.सी.ले पात्लेखेतमा चिया, खाजा विश्रामसँगै त्यहाँको प्राकृतिक, भौगोलिक, सांस्कृतिक तथा ऐतिहासिक वर्णनबाट औपचारिक भएको यात्रा साँझ काभ्रेकै बतासेमा उहाँकै आतिथ्यमा सायंकालीन चिया लिएपछि यात्रा करिब करिब पातलिन सुरु गरेको थियो । त्यसपछि क्रमशः सहभागीहरू छुट्टिँदै, पातलिँदै साँझ ८ बजे गोंगबुँको सोही ठाउँमा आइपुगेर त्यस दिनको यात्रा समाप्त भएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै