नविना श्रेष्ठ
टाेखालाइभ डट कम/मंसिर ८ ,२०७८
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ५ को सभापतिमा श्यामबहादुर खड्का निर्वाचित भएका छन्।
सभापतिमा निर्वाचित श्याम बहादुर खड्काले १५० मत प्राप्त गरेका थिए। भने उनका प्रतिद्वन्द्वी निवर्तमान क्षेत्रीय सभापति रमेश खड्काले १४० मत प्राप्त गरे र अर्का उम्मेदवार राजेश अधिकारीले १५ मत प्राप्त गरेका थिए।
सचिव पदका उम्मेदवार पन्च कुमारी श्रेष्ठ र रजनी थापा विजय भएका छन्।सह- सचिवमा अञ्जना केसी (मर्हजन) तथा राजु भण्डारी निर्वाचित भएका छन्।
निविरोध निर्वाचित क्षेत्रीय सदस्यहरुमा १८ जना विजयी भएका थिए, भने केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्लामा १० जना तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महिला खुल्लामा ४ जना कृष्ण कुमारी वस्नेत,अंकला गुरुङ, भवानी के.सी , शुभद्रा खड्का विजय भएका छन्। यसैगरी पुरुष खस आर्य पदको उमेदवारमा ३ जना , महिलामा २ जना, पुरुष जनजाति पद उम्मेदवारमा ३ जना ,महिला जनजाति पदमा २ जना दलितमा १ जना ,अपाङ्गमा १ जना निर्वाचित भएका छन्।

