नविना श्रेष्ठ
टाेखालाइभ डट कम/मंसिर ५,२०७८
सुलिमय्: अर्थात बौलाहा मान्छेको सद्धे कुरा किताब विमोचन कार्यक्रम लोकार्पण शताब्दी पुरुष सत्यमोहन जोशीको घरमा आयोजित एक कार्यक्रम समारोहका बिच सम्पन्न भएको छ।
बौलाहा मान्छेको सद्धे कुरा किताबका लेखक नेमसिहं नकर्मीले नेपालभाषा र नेपाली भाषा दुबैमा लेखेको उक्त किताबको शनिबार संस्कृतिविद् सत्यमोहन जोशीले विमोचन गर्नुभएको हो ।

कार्यक्रममा सत्यमोहन जोशीले बौलाहा मान्छेको सद्धे कुरा किताबको चर्चा गर्दै केही शब्दहरूको व्याख्या गर्नुभएको थियो। एउटै शब्दले धेरै अर्थ जनाउने साहित्यकारहरुलाई विश्लेषण गर्नुभएको थियो।
किताब विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार, लेखक, समाजसेवी, उपन्यासकार, बुद्धिजीवी, विभिन्न सङ्घसंस्थाका अग्रज व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।












