• TOKHA LIVE

    • ३० कार्तिक २०७८, मंगलवार ०८:३१

    हायात रिजेन्सीमा मंसिर ३-५ गतेसम्म हुने १८ औँ हस्तकला व्यापार मेलाको तयारी पुरा

    टाेखालाइभ डट कम/ कार्तिक ३०,२०७८

    काठमाडौं : नेपाल हस्तकला महासंघको आयोजनामा हुने १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ कला प्रतियोगिताको तयारी पूरा भएको आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । मेला मंसिर ३ गते देखि ५ गतेसम्म्म काठमाडौँको बौद्धस्थित होटल हायात रिजेन्सीमा हुने छ।

    हस्तकला व्यापार मेलामा विभिन्न हस्तकलाका विधाका एक सय २० भन्दा बढी स्टल रहने आयोजकलेबताइएको छ । विगतका मेलामा हस्तकला बाहेकमा पनि स्टल रहने गरेको यस पटकको मेलामा भने विशुद्ध हस्तकलाका मात्रै स्टल रहने मेला संयोजक तथा महासंघका उपाध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिएका हुन् । शाक्यका अनुसार अधिकांश स्टल बुकिङ भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

    मेलाको प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन
    हुनेछ भने मेला अवलोकनका लागि विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रमुख, राजदूत तथा उच्च पदस्थ अधिकारीहरूलाई पनि आमन्त्रण गरिएको छ ।

    मेलाका मुख्य आकर्षण एउटै छानामुनि हस्तकला वस्तुको बृहत् प्रदर्शनी तथा बिक्री, समयसापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरूप वस्तुको प्रदर्शनी हुनेछ
    । मेलामा विभिन्न विधामा जीवन पर्यन्त संलग्न ७० वर्ष नाघेका ज्येष्ठ कलाकारलाई सम्मान र हस्तकलाकलाका उत्कृष्ट निर्यातकर्तालाई सम्मान कार्यक्रम रहेको शाक्यले जानकारी दिइयो।

    मेलामा परम्परागत तथा नवोदित सम–सामयिक हस्तकला विधाको कला प्रतियोगिताअन्तर्गत परम्परागत–जडाऊ कला( फिलगिरी), समसामयिक प्राकृतिक रेशा (नेचुरल फाइवर), अमूर्त सांस्कृतिक सम्पदाको उजागर, तारागाउँ कल्चर सेन्टरको हलमा उत्कृष्ट हस्तकला वस्तुको कला प्रदर्शनी हुने मेलाको झण्डै एक लाखले अवलोकन गर्ने, प्रत्यक्ष कारोबार र व्यावसायिक अर्डरसमेत गरी तीन करोडदेखि पाँच करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै