• Sanu Raj Dangol

    • २७ कार्तिक २०७८, शनिबार २१:१०

    काठमाण्डौ क्षेत्र नं ५ बाट ६ जना महाधिवेसन प्रतिनिधि सर्वसम्मत चयन

    टाेखालाइभ डट कम/ कार्तिक २७,२०७८

    नेकपा एमालेको १० औं महाधिवेशनको लागि काठमाण्डौ क्षेत्र नं ५ मा भएको महाअधिवेशन प्रतिनिधि सर्वसम्मत प्रक्रियाबाट नेतृत्व  चयन गरिएको छ। काठमाण्डौ क्षेत्र नं ५ मा ६ जना महाधिवेसन प्रतिनिधिमा छनौट भएका हुन। आज जारि राजधानीको बसुन्धारा स्थित सिमा क्याटरिङ्गमा भएको  काठमाण्डौ क्षेत्र नं ५ को महाअधिवेशनबाट २ जना महिला र ४ जना पुरुष प्रतिनिधिमा छनौट भएका हुन् ।

    काठमाण्डौ क्षेत्र नं ५ बाट दिपक निरौला ,हरि अधिकारी,नारायण भाई श्रेष्ठ ,दिपक केसी ,रत्ना गुरुङ र शान्ति अधिकारी महाधिवेसन प्रतिनिधिमा छनौट भएका हुन्  ।

    महाधिवेशनको प्रतिनिधि छनौटमा अतिथी बागमती प्रदेश सभा सदस्य नारायण सिलवालले सर्वसम्मत नेतृत्व चयनमा केही व्यक्तिगत त्रुटी भएपनी नेकपा एमाले पार्टी संगठनलाई जसरी भएपनि बलियो बनाउने उद्देश्य अनुरुप सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको बताउनुभयो।

    नेकपा(एमाले) १० औं  महाधिवेशनको प्रतिनिधि छनौटमा काठमाडौ क्षेत्र नम्वर ५ बाट सर्वसम्मत प्रतिनिधि छनौटका लागि ध्रुव प्रसाद थपलिया ,ध्रुव पाण्डे, शिवकुमारी खनाल ,सुमन के सि ,सत्यनारायण डंगोल , नरोत्तम राना ,जगन्नाथ ढकाल लगायतले महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो ।नेकपा(एमाले)काठमाडौ क्षेत्र नम्वर ५ को प्रतिनिधि छनौट कार्यक्रमको ध्रुव प्रसाद थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै