टाेखालाइभ/ कार्तिक २७,२०७८
काठमाडौं : नेकपा एमालेले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।
शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका महासचिव ईश्वर पोखरेलले उक्त लोगो सार्वजनिक गरेका हुन्।
एमालेको राष्ट्रिय महाधिवेशन यही मंसीर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदै छ।
एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा १‚९९९ जना प्रतिनिधि सहभागी हुने बताएको छ। त्यसका लागि आज (शनिबार) देशभर प्रतिनिधि चयन हुँदै छ।

