डा.क़िस्मत भण्डारी
दुर्गा देवी भगवती र कालीका मन्दिरहरु
देउराली भञ्ज्याङ्का शीतल चौतारीहरू
मन मिल्ने दाजुभाइ तथा साथीसङ्गीहरु
आशीर्वाद दिने आफन्त र मान्यजनहरु !
उहिले झारा बोलाई खनेको गाउँको बाटो
दर्जी दाइले सिएको दौरा सुरूवालको पाटो
चक्का नअटने बाटा तर साहसी चालकहरु
साँघुरा गाडी तर फराकिलो मनका यात्रुहरु !!
चन्द्र छोप्ने कालो बादल हैन
चम्किला ताराहरु
घोचपेच गर्ने काँडा हैन फूलैफूलका आँगनहरु
तातो वाष्प हैन वहिरहेका मन्द
शीतल पवनहरु
हरदम हरिया फाँट र सधैं हाँसीरहने हिमालहरु !!!

