• TOKHA LIVE

    • २६ कार्तिक २०७८, शुक्रबार ०९:५७

    नेकपा एस काठमाण्डौ जिल्ला कमिटीको अध्यक्ष कुसुम कार्कीको अध्यक्षतामा २२५ सदस्यीय कमिटी गठन

    टाेखालाइभ/कार्तिक २६, काठमाडौ

    नेकपा एकीकृत समाजवादी काठमाण्डौ जिल्ला कमिटीमा कुसुम कुमार कार्कीलाई अध्यक्षमा नेतृत्व चयन गरिएको छ । काठमाण्डौ महानगरपालिका वडा नं ७ मा भएको भेलाले नेकपा एस काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठकले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।

    सो जिल्ला कमिटीको उपाध्यक्ष द्वयमा ओमकुमारी श्रेष्ठ, बटुकृष्ण थापा, सचिवमा एल.पि सकवामी,उपसचिव त्रयकृष्णहरी खत्री,धुर्बराज न्यौपाने, सुरेन्द्रहर्ष बज्राचार्य सहित भएको २२५ सदस्य जिल्ला कमिटी गठन गरेको छ ।

    नेकपा एसका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले अध्यक्ष कार्की सहित नया कमिटीलाई सपथ ग्रहण गरेका थिए ।त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवाद पार्टी केन्द्रीय कमिटीको कार्यविभाजनको आधारमा जिम्मेवारी हेरफेर सहित काठमाडौं जिल्लामा पार्टी सुदृढिकरण तथा विस्तार अभियानलाई सशक्त रुपमा अघि बढाउने निर्णय गरि उक्त बैठक सम्पन्न भएको छ ।

    सो कार्यक्रममा पार्टी अध्यक्ष माधबकुमार नेपाल,सचिब जिबनराम श्रेष्ठ,स्थायि कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष साबित्रा भुसाल लगायत नेकपा एसका जिम्मेवार ब्यक्तित्वहरुको उपस्थितमा कार्यक्रम समापन गरिएको थियोे ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै