• TOKHA LIVE

    • २५ कार्तिक २०७८, बिहीबार ०७:४४

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    टाेखालाइभ / कार्तिक २५,२०७८
    काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बुधबार रातिदेखि लागू हुनेगरी मूल्य बढाएको छ ।

    नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ, हवाई इन्धनको प्रतिलिटर ५ रुपैयाँ , र खाना पकाउने एलपी ग्यासको मूल्य ७५ रुपैयाँ बढेको छ । यससँगै अब पेट्रोलको भाउ प्रतिलिटर एक सय ३६ रुपैयाँ पुगेको छ ।

    यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।

    यो संग‌ अब डिजेल र मट्टितेलको प्रतिलिटर एक सय १९ रुपैयाँ पुगेको छ एक सिलिण्डर एलपी ग्यासको मूल्य १५ सय ७५ रुपैयाँ पुगेको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै