• TOKHA LIVE

    • ६ असार २०७७, शनिबार ११:५२

    प्रेयसीका यादहरू

    संधै यसरी हेरिरहुँ भन्छन्
    छाँयालेझैं पछ्याइ रहन्छन्
    तिम्रा पाइला जहाँ जान्छन्
    बदमास मेरा यि आँखाहरु

    चिम्लेर निँदाउदा नि त्यस्तै
    एकान्तमै टोलाउँदा नि उस्तै
    झल्झली तिम्रै बोकिरहन्छन्
    चन्चल आवारा यि आँखाहरु

    मनसंग कहिले रमाइ खेल्छन्
    कहिले निरासाले भिजाउँछन्
    जताततै तिमी खोजिरहन्छन्
    पागल बिचरा मेरा आँखाहरु

    अनेक सपना सजाइ रहन्छन्
    क्षितिज नियाली पर्खेर बस्छन्
    तृष्णा बोकी छटपटाइरहन्छन्
    लोभी बेसहारा मेरा आँखाहरु
    – ओमशंकर श्रेष्ठ –
    ६ , असार , ०७७

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    छुटाउनुभयो कि? सबै