टाेखालाइभ डट कम/कार्तिक १७ काठमाडौ
बुढानिलकण्ठ नगरपालिकाको एक पार्टी प्यालेसमा नेकपा एकीकृत समाजवादी पार्टीको अनौपचारिक नेता तथा कार्यकर्ताहरु बिच भेटघाट तथा चियापान कार्यक्रम आयोजना भएको छ।काठमाडौ क्षेत्र नम्बर ४ र काठमाडौ क्षेत्र नम्बर ५ का नेताहरुको विशेष अगुवाइमा भएको उक्तभेला गोप्य र विशेषभेला भनिएको श्रोतको दाबी छ।
श्रोतका अनुसार उक्त गरिएको भेला काठमाडौ क्षेत्र नम्बर ४ मा क्षेत्रीयस्तर कमिटी गठन पछि अब क्षेत्र नम्बर ५ को पनि क्षेत्रीयस्तर कमिटी बिस्तार गरिने र त्यस क्षेत्र अन्तरपर्ने वडाकमिटी लाई पनि पुर्णता प्रदान गर्न लागिएको जम्बो प्याकेजमा क्षेत्रीय कमिटी घोषणा,बुढानिलकण्ठ नगरकमिटीको पूर्णता यद्यपि बुढानिलकण्ठ नगरकमिटीमा अध्यक्ष,सचिब तथा उपसचिवको क्षेत्र नम्बर ४ बाट टुंगो लागिसकेको र बाकी क्षेत्र नम्बर ५ बाट प्रतिनिधिहरु पठाइ बुढानिलकण्ठ नगरकमिटीलाई पुर्णता प्रदान गर्न लागेको श्रोतले जानकारी प्रदान गरिएको हो।
नेकपा (एस) जिल्ला सचिब,जिल्ला सदस्य क्षेत्रीय संयोजकका नेताहरुको उपस्थिती रहेको थियोे ।यसै क्षेत्र भित्र पर्ने वडाकमिटीलाई समेत तिहार लगत्तै घोषणा गरि जिम्मेवारी प्रदान गर्न लागेको जानकारी प्राप्त भएको हो।

