• TOKHA LIVE

    • १० कार्तिक २०७८, बुधबार २०:०२

    एकीकृत समाजवादीले पायो चुनाव चिह्न कलम

    टोखा लाइभ ।२०७८ कार्तिक १० गते

    काठमाडौं । नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले चुनाव चिह्न उपलब्ध गराएको छ। आयोगका अनुसार एकीकृत समाजवादीले माग गरे अनुसार कलम चुनाव चिह्न उपलब्ध गराइएको हो ।

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नेकपा एकीकृत समाजवादीमा गाभिएसँगै निर्वाचन चिह्न कलम माग गरिएको र सो चिह्न एकीकृत समाजवादी पार्टीलाई उपलब्ध गराइएको निर्वाचन आयोगले जनाएको छ ।

    एकीकृत समाजवादीले प्रस्ताव गरेको झण्डा पनि प्रदान गरिएको आयोगले जनाएको छ । जसमा रातो भुइँमा वायाँ भागको माथिल्लो कुनामा सेतो रङ्गको हँसिया र हथौडा खप्टिएको चिह्न अंकित हुने आयोगले जनाएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै