• TOKHA LIVE

    • ७ कार्तिक २०७८, आईतवार १२:५८

    न्हुदँ समारोह समिति सक्व ११४२ को अध्यक्षमा माधव श्रेष्ठ चुनिए

    टाेखा लाइभ/२०७८ कार्तिक ७

    साँखु /यस वर्ष न्हुदँ समारोह समिति सक्व ११४२ को अध्यक्षमा साल्खाटोलका माधव श्रेष्ठ चुनिनुभएको छ ।

    उहाँ गत वर्ष लप्सेफेदीका निवर्तमान अध्यक्ष भिन्तुना श्रेष्ठको कार्याकलमा सचिव पदमा कार्यरत हुनुहुन्थ्यो ।

    उहाँलाई हाकुज रेष्टुरेण्टमा औपचारिक कार्यक्रम गरी निवर्तमान अध्यक्ष भिन्तुना मल्ल श्रेष्ठले नेपाल सम्वत् ११४२ का लागि पदभार हस्तान्तरण गर्नुभएको हो ।

    साँखुमा न्हुदँ समारोह समितिको अध्यक्ष प्रत्येक वर्ष परिवर्तन गर्ने परम्परा रही आएकोछ । सोही परम्परा अनुसार यस वर्ष साल्खा टोलको पालो परेको हुँदा साल्खा टोलका प्रतिनिधि माधव श्रेष्ठलाई अध्यक्ष मनोनयन (चुनिएको) गरिएको हो ।

    अर्को वर्ष चलाखुटोलको पालो पर्छ । सोही कारण यो वर्ष चलाखुटोलले सचिवको पदभार पाउने हुन्छ ।

    सो समितिको प्रत्येक टोलबाट एकजना प्रतिनिधि छानिनेछ । जसमा चलाखु टोल, पालुवारी, दुगाहिटी टोल, सुन्टोल, ईपाटोल, ईल्लाटोल, चुगां(सानागाउँ), पुखुलाछी टोल, धुँला टोल, लप्सेफेदी र साल्खाटोलबाट १÷१ जना प्रतिनिधि रहनुका साथै आयोजक टोल साल्खाटोलबाट कोषाध्यक्ष एकजना समेत मनोनित हुनेछ ।-लावण्य सन्देशबाट साभार

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै