• TOKHA LIVE

    • ५ कार्तिक २०७८, शुक्रबार १६:४६

    नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीले १३८ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी

    टाेखालाइभ/ कार्तिक ५,२०७८
    नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) काठमाण्डौ जिल्ला कमिटीले १३८ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको छ।
    कार्तिक ६ गते हुने नेतृत्व चयन र केन्द्रिय अध्यक्ष केपी ओलीले एक साथ उद्घाटन गर्ने वडा अधिवेसनको तयारीका वारेमा जिल्ला कमिटीको आयोजनामा भएको बैठकमा सर्वसम्मत नेतृत्व चयन गर्ने वारेमा छलफल भएको हो।

    नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाण्डौ अध्यक्ष कृष्ण राईको अध्यक्षतामा भएको सो बैठकमा केन्द्रीय सदस्य तथा इन्चार्ज कृष्णगोपाल श्रेष्ठ ,सह इन्चार्जहरु रामेश्वर फुँयाल,नारायण सिलवाल र रुप नारायण श्रेष्ठको उपस्थितिमा भएको सो बैठकमा जिल्ला कमिटी सदस्य तथा नगर इन्चार्ज , क्षेत्रीय कमिटीका संयोजक /सह संयोजक र नगर कमिटीका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
    धुम्बाराहीमा रहेको एस आर क्याटरिङमा भएको सो बैठकमा कार्तिक ६ गते शनिवार हुने वडा अधिवेसनको प्रचार,व्यवस्थापन र नेतृत्व चयनका वारेमा छलफल भएको जानकारी दिदै जिल्ला सचिव दीपक निरौलाले अधिकांश वडाहरुमा नेतृत्व सर्वसम्मत भैसकेको र भोलि सम्म १३८ वडामा एक साथ नेतृत्व घोषणा हुने बताएका छन।
    भोलि कार्तिक ६ गते १०.३० बजे वडाले तोकेको अधिवेसन स्थलमा उपस्थिति हुन् सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध गर्दै सो बैठकले अधिवेसनको व्यापक तयारी गर्न मातहतका कमिटी र सदस्यहरुलाई निर्देशन समेत दिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै