• TOKHA LIVE

    • १ कार्तिक २०७८, सोमबार १८:०५

    नेपाल मण्डल टेलिभिजनका अध्यक्ष रमेश महर्जनको निधन

    टाेखालाइभ/ कार्तिक १,२०७८
    काठमाडाैं – नेपाल मण्डल टेलिभिजनका अध्यक्ष ,नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको ५६ वर्षको उमेरमा निधन भएको छ ।

    एक साताअघि कोभिड संक्रमण देखिएपछि अस्पताल भर्ना भएका महर्जनको सोमबार मेडिसिटी अस्पतालमा निधन भएको हाे ।

    उहाँको पार्थिव शरिरलाई भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

    नेपाल श्रीलंका चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिका चेम्बर अफ समेत रहनु भएका महर्जनका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । समाजसेवा र राजनीति दुबैमा क्रियाशिल रहनुभएका महर्जन नेपालका एक उदयमान व्यवसायीका रुपमा परिचित थिए । उनी नेपाल मण्डल टेलिभिजनका संचालक अध्यक्ष , न्हुदं समारोह समितिका अध्यक्ष समेत रहनुहुन्थ्यो । आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष महर्जन विवेकशील साझा पार्टीका नेता समेत हुनुहुन्थ्यो

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै